प्रेमको परिभाषा बुझ्न जिन्दगी लगाउनु पर्छ ।

यो प्राकृतिक को सृष्टी प्रेमनै हो । संसार जगत प्रमनै हो । अणु परमाणु सबै  प्रेमनै हो । जगतसबै नै प्रेममा बाधिएको छ । सबै जगत प्राणीहरु प्रेममानै बाधिन चान्छन । र चाहिरहेका पनी छन ।
घामको प्रकास फैलिरहेको छ । उसको प्रेममा सबै प्राकृतिक का जिव प्राणी रुखबिरुवा आक्रस्रित भएर आफ्नो जिवन बचाईरहेका हुन्छन । अत्यान्त सुस्म रुपमा प्रेमको खेल भईरहेको हुन्छ । प्राकृतिकमा जिवन नभएको पदार्थहरुमापनी प्रेमको रुप हुन्छ । बोली रहेको हुन्छ , देखाईरहेको हुन्छ । बुझ्ने मा फरक मात्र हो । संसार कस्तो विचित्रको हो । समझमा कोहिकोहिको आउछ । चकितनै पारिदिन्छ ।
प्रेममा पर्नेहरुकोकुरा सुन्दा र आफैले पनी महसुस गर्दा कति आन्नदको र कति विशाल छ प्रेम । कस्तो अच्ममको खेल छ प्रेम मा भुझ्ननै गारो । कति मझा आउछ जब प्रेम मा पर्छ मान्छे । आफ्नो मायालुको मायामा जब डुब्छ । सबै भुल्छ बिर्सन्छ । संसारमा सधै उसेलाई देख्छ । सपना बिपना दिउसो साँझ बिहान सबे प्रहर उनको याद कति आन्नदमा भुल्छ । गाहिने  किरा हरु जसरी एउटा खुला अाकासमा डुल्छन अडिन्छन । अनि केटा केटि त्यसलाई समाउन रमाउछन । त्यस्तै उडिरहन्छ आफ्नो प्रेमीको यादमा रमाछ । मन मा माया हुन्छ माया भित्र मिठो तड्पन तेहि तड्पनमा हराउनु बिलाउनु प्रेमको खेल । कति काहानि बने प्रेम मा जोडिएर । भगवान , साधुसन्त , देखि राजा माहाराज रैति सबैको काहानी फिल्लीम जोडिएको हुन्छ । काहानी भित्र काहानी । किन मन पर्छ अाखिर कोही कोही व्यक्ती असाध्यै मनमानै गाडिन्छ । दिलमा बस्छ । कहिलै भुल्न नसकिने गरी ।
यादै यादमा हराउने बुलाउने बौलाउने हास्ने रुहाउने । सिवजि सत्यदेवीलाई बोकेर कयौ वर्ष ठुली रहे के रहेछ आखिर प्रममा जन्म त भयो तर प्रेम भएन भने अाखिर के जिन्दगी । ति अभागी हुन जसको प्रेम कसैसंग भएन ।
बिहे होस नहोस् एउटा कुराहो । जिवनमा कसै संग प्रेम हुनु जरुरी छ । नाई भने जिवनको मुल्य थाहानै हुदैन । कसैलाई पनी । कति बेला कोसंग कसरी बस्छ माया भन्न सकिन्न कुन बेला कसरी बस्छ बुझ्न गारो छ । त्यो छेड संझेर प्रेमी बिलाउछ भावनामा, आतिन्छ। अान्न्दित हुन्छ । हर्षिन्छ । खेल्छ । मन डुलाउछ । सपाना बिक्छ । फेरी बिचारको जिवनको सुरुवात हुन्छ । मनको शक्ती बढ्छ । उसको साथ नजिकै बाट चान्छ । उसै संग जिन्दगी बिताउन चाहान्छ जुनि जुनी उसैको साथमा रहन चाहान्छ । सबै पल उसे संग रहन चाहान्छ । कदम कदाचित उनि साथमा नभए उनको यादमा रहिरहन्छ । पल पल याद आउछ। प्रेम नै प्रेम को संसारमा रहिरन्छ । यादहरुको संझना गर्छ । सपनामा बोालाउछ । यादमा वा सपाना आउदा स्वयम उसै संग बसेको आवास गर्छ । दुनिया भुल्छ । उनी साथमा नभएनी यादमा साथमा रहिरन्छ । प्रेम प्रेम हो माया माया हो । माया बसेसि बिर्सन खोज्यो भने झन बढ्छ । झन संझना आउछ । अदभुत छ प्रेम खुल्ला अाकासमा प्रेम पाउछ । गहिरो सागरमा प्रेम । नदिनाला खोला सबैमा प्रेमनै प्रेम बगेको देख्छ । केहि देख्यो प्रेमले देख्छ । उसंग हजारौ भेटिन्छन ठोकिन्छन तर याद उसैको पल उसैको उभन्दा राम्रो अरु लाग्दैन केवल एकपटक माया बस्नु पर्यो । माया के मा बस्छ भन्न कसैले सक्दैन । भनिन्छ रुपमा तर भन्ने हो भने एकले मनपराएको केटि केटा अर्कोलाई कत्ति पनी मन पर्दैन । एउटालाई राम्रो लागेको अर्कोलाई पर्दैन । अलग छ विषय । रुपमा हसिलो मुहारमा मात्र होईन माया यो त स्वासत पहिलाबाटनै बनेर जोडि दिएर आएको हु्न्छ । समझमा आउन गारो हुन्छ । ध्यानी ज्ञानी योगीहरुले ध्यानबाट छुट्याउछन माया प्रेमको परिभाषा । एकाग्रचित्तमा रहेर बिचार गर्छन । माया । सबैलाई भुलाई दिन्छ माया सभेको प्राण हो माया । माया बिना कोहि रहयो भने उ अात्तिन्छ । सकैको पर्खाईमा रहेको । एक्लो पनको महसुस गर्छ । संझनामा केहि न केहि नपूगेको जस्तो हुन्छ ।
सबैको जिवनमा माया होस अनि साथपनी सबैलाई मेरो यहि सुभकामना जय माया ।

Comments